७. अन्य सुविधा
७.१ विद्युत सुविधा वितरणमा उद्योगलाई प्राथमिकता दिइनेछ । आफ्ना उपयोगका लागि उद्योगले विद्युतशक्ति उत्पादन गरेमा कुनै शुल्क लाग्ने छैन ।
७.२ दोहोरो करबाट मुक्त ः विदेशी लगानीलाई दोहोरो करबाट बचाउन विदेशी लगानीकर्ताको मुलुकसँग दोहोरो कर नलाग्ने गरी सम्झौता गर्न श्री ५ को सरकारले आवश्यक कारबाही चलाउनेछ ।
७.३ निकासीमुलक उद्योगले आफ्नो उत्पादनका लागि प्रयोगमा ल्याएको कच्चा पदार्थ, सहायक कच्च पदार्थ आदिमा तिरेको भन्सार, बिक्रीकर तथा अन्तशुल्क आदि निकासी गरेको परिमाणको आधारमा फिर्ता दिइनेछ । त्यसरी फिर्ता हुने राजश्व फिर्ताका लागि आवेदन गरेको ६० दिनभित्र निकासीकर्तालाई फिर्ता दिइनेछ ।
७.४ आफ्नो उत्पादनको ९० प्रतिशत वा सो भन्दा बढी निकासी गर्ने उद्योगलाई निर्यात प्रशोधन क्षेत्रमा स्थापित उद्योगले पाउने सुविधाहरू उपलब्ध गराइनेछ । बण्डेड वेयर हाउससम्बन्धी सुविधालाई पनि कायमै राखिनेछ ।
७.५ कुनै उद्योगले आफ्नो उत्पादन देशभित्रै परिवत्र्य विदेशी मुद्रामा बिक्री गरेमा त्स्तो उत्पादनमा लागेको अन्तशुल्क, बिक्रीकर तथा त्यस्तो उत्पादनमा प्रयोग भएको कच्चा पदार्थमा लागेको भन्सार महसुल, अन्तशुल्क र बिक्रीकर फिर्ताद्ध दिइनेछ । यसरी फिर्ता पाउनु पर्ने राजश्व फिर्ता पाउन आवेदन गरेको ६० दिनभित्र फिर्ता दिइनेछ ।
७.६ निर्यात हुने औद्योगिक वस्तुमा प्रयोग गरिने माध्यमिक वस्तु उत्पादन गर्ने उद्योगलाई उत्पादन सामग्रीमा लागेको भन्सार महसुल,
बिक्रीकर तथा अन्तशुल्क र उत्पादनमा लागेको बिक्रीकर आदि निर्यात भएको परिमाणमा निकासीकर्तालाई निजले पाउन आवेदन गरेको ६० दिनभित्र फिर्ता दिइनेछ ।
७.७ सरकारी एवं औद्योगिक क्षेत्रभित्रका जग्गा उद्योगलाई उद्योग सञ्चालन गर्न प्राथमिकता दिइनेछ ।
७.८ उद्योगको आफ्नो उत्पादनको मूल्य निर्धारणमा हस्तक्षेप गरिने छैन ।
७.९ निर्यात प्रवद्र्धन क्षेत्रमा स्थापना गरिएका उद्योगहरूले प्रयोग गर्ने मेसिन औजार एवं कच्चा पदार्थ तथा निकासी हुने उत्पादनमा कुनै प्रकारको कर लगाइने छैन ।